बर्दियामा १९ वर्षीया युवतीलाई जबर्जस्ती मुख थुनेर बलात्कार

कक्षा ११ मा अध्ययनरत एक १९ वर्षीया युवतीमाथि तीन जना युवाले शुक्रबार बिहान सामूहिक बलात्कार गरेका छन् ।
सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर (अरहर) बारीमा ती युवतीलाई जबर्जस्ती मुख थुनेर बलात्कार गरेको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए । शनिबार नेपाली सेनामा भर्ना हुनका लागि शारीरिक व्यायाम र नियमित दौड गर्दै गरेको अवस्थामा बिहान करिब ६ बजे ती युवती सामूहिक बलात्कारमा परेकी हुन् । दौडने क्रममा उनीहरूले युवतीलाई चक्कु देखाएर रहर बारीमा लगेका थिए । 
 पहिले एक जनाले बलात्कार गरे, पछि अर्कोलाई सिट्टी बजाएर बोलाए । अरू दुईजना आएर पालैपालो बलात्कार गरे, उनले भनिन्,