संशोधन प्रस्ताव पारित नभएपनि निर्वाचनको तयारीलाई तीव्रता दिइने

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका-संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको अवस्थामा अब तीव्रताका साथ स्थानीय तहको निर्वाचनको तयारी थालिने बताएका छन् ।
शनिबार काठमाडौंमा बसेको पार्टी पोलिटब्युरो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र संविधान संशोधन प्रस्तावबारे जानकारी गराउँदै उनले संशोधन प्रस्ताव पारित नभएपनि निर्वाचनको तयारीलाई तीव्रता दिइने बताएका हुन् ।
आफूले संविधानलाई अधिकतम् स्वीकार्य बनाउने उद्देश्यका साथ संशोधन प्रस्ताव ल्याएको भन्दै दाहालले अब निर्वाचनको तयारी अघि बढाइने बताएको नेता अग्नि सापकोटाले हामीलाई जानकारी दिए ।
बैठकमा दाहालले संविधान संशोधनको मुख्य उद्देश्य नै मुलुकलाई निर्वाचनतिर लैजाने भएको बताएका थिए । इमेजखबरमा समाचार छ ।