कांग्रेस देउवाद्वारा एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने उल्लेख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव मधेसी मोर्चाको नभइ मधेसी जनताका माग सम्बोधन गर्न ल्याइएको जिकिर गरेका छन् ।
सुनसरीको लौकही गाविसमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने दाबी पनि गरे ।
उनले मधेसी जनताको साथ नेपाली कांग्रेसलाई भएकाले उनीहरुका माग पूरा गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
सभापति देउवाले एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरी टुक्र्याउन नहुने बताए ।
जनताको भावनाअनुसार ती तीनओटै जिल्ला एक नम्बर प्रदेशमै कायम रहने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।