५ नं प्रदेश टुक्राउने विरुद्ध कपिलवस्तुमा आन्दोलन शसक्त पारिने

सुर्य प्रसाद भुसाल / दिपक कार्की
 कपिलवस्तु १९ मंशिर । ५ नं प्रदेश टुक्राउने विरुद्ध कपिलवस्तुमा आन्दोलन शसक्त  पार्न सर्वदलिय , सर्वपक्षिय वैठकले विभिन्न निर्णय गरेका छन । जसअनुसार एमालेका झविलाल पोख्रेल संयोजक र नेपाली कांग्रेसका नेता डोलकराम घिमिरे संहसंयोजक हुने गरि संघर्ष संचालन मुल समिति गठन गरेको छ । समितिमा विभिन्न राजनैतिक दलका तर्फ बाट प्रतिनिधि तय गरिएको छ । 
जस अनुसार नेपाली कांग्रेसका तर्फ बाट हरिराज घिमिरे, कृष्ण बन्जाडे, एमालेका नेत्रराज अधिकारी , पिताम्बर खनाल, कृष्ण भट्राई, मालेका शंकर आचार्य, राष्ट्रिय जनमोर्चाका तर्फ बाट हिमलाल वाग्लेलाई संघर्ष समितिमा राखिएको छ । 
त्यसै गरि नागरिक तथा सामाजिक संघ संस्थाका तर्फ बाट दोलखवहादुर पछाई, सरोज खनाल, अजय थापा, रुकवहादुर भुषाल, पोमनारायण पौडेल, महादेव पोख्रेल, पार्वती पाण्डे, शान्तिदेवी हरिजन, हेमनाथ ज्ञवालीलाई संघर्ष समितिमा राखिएको छ । संघर्ष समितिको वैठकले आन्दोलनका विभिन्न कार्यक्रमहरु समेत तय गरेको छ । 
जस अनुसार हरेक दिन विहान ८ वजे देखि वेलुका ४ वजे सम्म भोली देखि अनिश्चित कालिन राजमार्ग क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । त्यसै गरि जिल्ला भित्रका सम्पुर्ण उद्योग धन्दा, कलकारखाना, शिक्षण संस्था र सरकारी कार्यालयहरु पुर्ण रुपमा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ । 
यस्तै गरि तौलिहवामा भोली १९ गते आन्दोलन सञ्चालनका लागि योजना बनाउन वृहत अन्तरक्रिया राख्ने निर्णय गरेको छ । अन्य आन्दोलनका थप कार्यक्रम संघर्ष समितिले तय गर्ने समितिका संयोजक झविलाल पोख्रेलले वताउनु भयो । 
यता मंशिर २२ गते देखि पौष ३ गते सम्म संचालन हुने आठौं कपिलवस्तु महोत्सवलाई भने कुनै अवरोध नगर्ने सर्वदलिय सर्वपक्षिय वैठकले निर्णय गरेको छ । आन्दोलन सञ्चालनका लागि शंकर प्रसाद आचार्य संयोजक र रुकवहादुर भुषाल सहसंयोजक रहेको आर्थिक परिचालन समिति गठन गरेको छ । 
यसै विच सांसद वलराम अधिकारीले ५ नं प्रदेश टुक्राउने खोजेको प्रति आपत्ति जनाउदै कपिलवस्तु वासी र क्षेत्र नं १ का सम्पुर्ण जनताले आन्दोलनलाई एक्यवद्धता जनाउदै शान्तिपुर्ण आन्दोलनमा सरिक हुन प्रेश विज्ञप्ती मार्फत अपिल गर्नु भएको छ । 
यसै विच नेपाल शिक्षक महासंघ र शिक्षक संगठनले एक प्रेश विज्ञप्ती जारी गरि विसम परिस्थितीका कारण सामुदायिक विद्यालयको अर्धवार्षिक परीक्षा अर्को सुचना जारी नहुदा सम्म परीक्षा संचालन नहुने जानकारी गराईएको छ ।