५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा बर्दिया बन्द

 प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई फुटाउने गरी गरिएको संविधान संशोधन प्रस्तावको विरोधमा सोमबार बर्दियाको सदरमुकाम गुलरिया बन्द गराइएको छ ।
उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाको आह्वानमा स्थानीय व्यापारीले बन्द आह्वान गरेका हुन् ।
बन्दले गर्दा व्यापारिक प्रतिष्ठानहरु प्रभावित बनेका छन् ।
बन्दका कारण व्यापार, व्यवसायलगायत कलकारखाना ठप्प हुँदा जनजीवन कस्टकर बनेको छ । इमेजखबरमा समाचार छ ।