माधव ढुंगाना
(भैरहवा) सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी कुलप्रसाद न्यौपानेको ज्यान मार्ने उद्देश्यले भएको उक्त घटनाको चाँडो सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दै बुधबार भैरहवामा स्थानीय उद्योगी व्यापारीले ऐक्यबद्धता र्याली निकाले ।
सिद्धार्थ उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा सिद्धार्थ उद्योग वाणिज्य संघको परिसरबाट निसकेको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको थियो ।
यस घटनाको चाँडो भन्दा चाँडो यथार्थ पत्ता लगाएर दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । यस घटनाको पछाडि कुन कुन व्यक्ति संलग्न छन् र कोबाट संरक्षित तथा परिचालित छन् ? भन्ने पत्ता लगाउन पनि माग गरिएको शर्माले बताए ।
यस घटनाको अभियोगमा मंगलबार साझनै पक्राउ परेका जिल्लाको दक्षिणी मर्चवार क्षेत्र अन्तर्गत सिपुवा ५ का वीरेन्द्र यादवबारेमा अनुसन्धान र थप सोधखोज जारी रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका व्यक्ति न्यौपानेमाथि गोली प्रहार गर्ने मध्येका भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर धानुकले बताए । केही दिनमा सत्यतथ्य आउने छ र प्रहरीले सार्वजनिक गर्ने छ ,धानुकको भनाई छ ।
घटनाको छानबिनकालागि डिएसपी बेल बहादुर पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । कान्तिपुरले लेखेको छ ।