नेपाल प्रेस युनियन पश्चिमाञ्चलको भेला अागामी पुस १ र २ गते तनहुँमा हुने

सुर्य भुसाल 
लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन पश्चिमाञ्चलको भेला अागामी पुस १ र २ गते तनहुँमा हुने भएको छ ।
भेलाको ब्यापक तैयारी भईरहेको नेपाल प्रेस युनियन पश्चिमाञ्चलका संयोजक प्रदिप काफ्लेले जानकारी दिनु भयो । भेलाको उदघाटन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक भब्य समारोहका बिच गर्ने कार्यक्रम रहेको अायोजकले जनाएको छ ।
सो भेलामा नेपाल प्रेस युनियन अाबद्द वरिष्ठ पत्रकारहरु लगायत देशभरबाट प्रेस युनियका नेताहरु तनहुँ पुग्ने कार्यक्रम रहेको छ ।
भेलामा नेपाल सरकारका मन्त्रीहरु नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरु पश्चिमाञ्चलका काङ्ग्रेसका नेता सासदहरु बिभिन्न भातृ संस्थाका केन्द्रीय नेताहरु उदघाटन सत्रमा सहभागी हुने बताएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल महासचिब अजयबाबु सिबाकोटी प्रेस युनियनका सल्लाहकार सिब लम्साल पत्रकार महासंघकापुर्ब केन्द्रीय अध्यक्षहरु लगायत देशका वरिष्ठ पत्रकारहरुको सहभागिता रहने बताईएको छ ।
भेलामा प्रेस युनियनको देशभरको सागठनिक अबस्था अागामी रणनीति अब अाउदै गरेको नेपाल पत्रकार महासंघको अधिबेसन लगायतका बिषयमा गम्भीर छलफल गर्ने बुझिएको छ ।
भेलामा नेपाल प्रेस युनियन अर्घाखाँचीको अबस्था लगायतका बारेमा अध्यक्ष सुर्य प्रसाद भुसालले जानकारी गराउने बुझिएको छ । भेलामा अर्घाखाँचीबाट अध्यक्ष सुर्य प्रसाद भुसाल, सचिब नेत्र मरासिनी, कोषाध्यक्ष अशोक पौडेल पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य, वरिष्ठ पत्रकार बिष्णु प्रसाद भुसाल, निम बहादुर रिजाल, वीरेन्द्र केसी सहसचिब रुद्र मणि भुसाल लगायतले भाग लिने कार्यक्रम रहेको प्रेस युनियन अर्घाखाँचीले जनाएको छ ।