प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले आज यहाँ प्रदर्शन गरेको छ।
अनेरास्ववियुले रत्नपार्कमा उनको मृत्युको घटनाको सत्यतथ्य छानबिन माग गर्दै प्रदर्शन गरेको हो। प्रदर्शनीपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालय बन्द गरेर विद्यार्थीलाई स्वागतमा लगाउनु गैरजिम्मेवार हो भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।
अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए। बिहीबार प्रधानमन्त्रीको सुर्खेतमा स्वागत गर्न गएका बेला होराइजन बोर्डिङ स्कुल सुर्खेत, कक्षा ९ की आचार्यको निधन भएको थियो। रासस