विपक्षी दलहरुको निरन्तर अवरोधका कारण व्यवस्थापिका-संसदको शुक्रबारको बैठक पनि सन्चालन हुन सकेन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालसहित सात दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म संसदको काम-कारबाही अगाडि बढ्न नदिने भन्दै अवरोध गरेका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपालका सांसद शिवलाल थापाले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान बारम्बार दोहो