खोटाङमा हलेसी महादेवको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको बस शुक्रबार उदयपुरको लेखानी-६ चनौटेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको मुधुपट्टीकी सरस्वती राम, दिपेश राम, कुसुमदेवी राम र ठगुन राम हुन् ।
बसमा ४२ जना सवार रहेकामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये चालक ललन पासवान र प्रमिला सभाको अवस्था गम्भीर छ ।
गम्भीर दुईसहित ९ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ना४ख ३६२० नम्बरको बस शुक्रबार बिहान सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इमेजखबरमा समाचार छ ।