बाराको आधाभारमा विवाहको जन्ती बस दुर्घटनामा चारजनाको मृत्यु

बाराको आधाभारमा शनिबार बिहान विवाहको जन्ती बोकेको बस र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।
वीरगन्जबाट हेटौंडातर्फ जन्ती बोकेर गइरहेको ना६ख ६७५४ नम्बरको बस र पथलैयातर्फ आउँदै गरेको बा१२च ८२९० नम्बरको कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा कारचालक खोटाङ-८ रामधनीका दीपक थापा, सोही स्थानका महेन्द्र आले, कुमारी थापा र उनका ११ महिनाका छोरा जेनिस आले रहेकोे इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दुर्घटनामा बसमा सवार केही जन्ती सामान्य घाइते भएका छन् । घाइतेहरुको वीरगन्ज र हेटौंडामा उपचार भइरहेको छ ।
अत्याधिक गतिका कारण कार अनियन्त्रित भइ बसमा ठोक्किएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।