(भैरहवा) आजदेखि रुपन्देहीको छोटकीरामनगर ६ स्थित मझौली चौराहामा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु भएको छ ।
स्थानीय वजंरग समितिको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल, भारत लगायत बंगलादेश र पाकिस्तानका पहलमान सहभागी छन् । आयोजकका अनुसार, प्रतियोगितामा नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहंसहित २ सय २६ जना पहलमान भिड्ने छन् ।
प्रतियोगिताको सुरु दिनको खेलमा भारतका प्रतिष्पर्धीलाई पराजित गर्दै नेपालका पहलमानले बर्चस्व जमाएको खेल संरक्षण समितिका संरक्षक देवेन्द्र पाण्डे सागरले बताए ।
बुधवारसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन गर्दै सांसद अब्दुल रज्जाकले कुस्तीलाई राष्ट्रिय खेलकुदमा समावेश गर्न सरकारलाई आग्रह गरेका थिए ।
तराईको लोकप्रिय भएरपनि लोपोन्मुख हुन थालेको कुस्ती खेलको संरक्षण गर्नकालागि कुस्तीको साथमा भोजपुरी विरहा कार्यक्रमको आयोजना समेत गरिएको छ । कान्तिपुरले लेखेको छ ।