आन्दोलनरत आठ दलको विपक्षी गठबन्धनले संशोधन विधेयक फिर्ता नलिँदासम्म सदनको अवरोध जारी राख्ने

संसदमा आन्दोलनरत एमालेलगायत आठ दलको विपक्षी गठबन्धनले निर्वाचन हुने वातावरण बनाउने गरी सरकार प्रस्तुत भए सदनभित्र सहयोग गर्ने भएका छन् । तर संविधान संशोधन विधेयक फिर्ता नलिँदासम्म सदनको अवरोध भने जारी राख्ने निर्णय गरेका छन् । कान्तिपुरमा समाचार छ ।  
संशोधन विधेयकविरुद्ध सदनमा भइरहेको आन्दोलनबारे समीक्षा गर्न विपक्षी गठबन्धनको बैठक मंगलबार एमाले संसदीय दलको कार्यालयमा बसेको थियो । चुनाव हुनुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौं, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, निर्वाचन हुने वातवारणका लागि विधेयक फिर्ता लिएको अवस्थामा हामी जुनसुकै सहयोग गर्न तयार छौं ।