रुपन्देहीमा ५ नम्बर टुक्राउने पक्ष बिपक्षमा जनमतसंग्रह ! पहाड अलग गर्ने सरकारको निर्णय निरङकुस: नेबिसंघ नेता राना

सुर्य भुसाल 
रुपन्देही । नेपाल बिधार्थी संघका केन्द्रीय उपाध्यक्ष युवा नेता प्रकाश रानाले सरकारले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अर्घाखाँची गुल्मी पाल्पालाई  तराईबाट छुटाउने र तराई पहाड अलग गर्ने सरकारको निर्णय निरङकुस भएको बताउनु भएको छ ।
नेपाल बिधार्थी संघले रुपन्देहीमा अायोजना गरेको नमुना जनमतसंग्रहको उदघाटन गर्दै नेता रानाले बिधार्थीहरुको अान्दोलन निर्णायक हुने बताउनु भयो । रानाले ५ नम्बर प्रदेश कुनै हालतमा फुटाउन नदिने बताउदै ससदमा दर्ता गरिएको प्रस्ताब फिर्ता लिएर ईमानदारीता देखाउन सरकारलाई अाग्रह गर्नु भयो । उहाले जनताको मनोभावना बिपरित गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई चेतावनी समेत दिनु भएको छ।
नेता रानाले सरकारले तराईका जिल्लाहरुबाट पहाडि जिल्ला हटाउने निणय तत्काल फिर्ता नलिए देशभरका बिधार्थी अान्दोलित हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सरकारले सामाना गर्न नसक्ने दावी गर्नु भयो । रानाले मधेसका समस्या समधान गर्ने अनेकौं उपाय हुँदाहुदै प्रदेश टुक्राटुक्रा पार्ने र जनता अान्दोलित बनाउने कार्य नगर्न समेत उहाले सरकार लाई अाग्रह  गर्नु भयो ।
नेपाल बिधारर्थी संघले अायोजना गरेको ५ नम्बर प्रदेश टुक्राउने सरकारले गरेको निर्णयको पक्ष बिपक्षमा जनमत सङघ्रहको अायोजना गरेको थियोे ।
जनमतसंग्रहमा झन् ३० हजारले मतदान गरेका छन। नेबिसघले यो कार्य एतिहासिक गरेको रुपन्देहीका स्थानियले प्रसंसा गरेका छन ।