प्रधानमन्त्री दाहालद्वारा संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन एमालेलगायत विपक्षी दललाई चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा एमालेलगायत विपक्षी दललाई चुनौती दिएका छन् ।
माओवादी केन्द्र प्रदेश नम्बर४ को प्रशिक्षण भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले  संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार छ- भने ।
प्रधानमन्त्रीले संसदको अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दलसँग आग्रह गरे ।
पार्टी प्रदेश नम्बर-४ का इन्चार्ज देव गुरुङको अध्यक्षतामा भएको सो भेलामा पार्टी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी संगठन अनुशासित र मर्यादित हुनसकेमात्रै नेपाली जनताको सहयोग रहिरहने र पार्टी संगठन बलियो हुने विचार व्यक्त गरे ।
एकदिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर४ का ४२५ केन्द्रीय सदस्यको सहभागिता थियो । रासस