संविधान संशोधन गर्ने सरकारको कदमलाई साथ नदिए ठूलो दुर्घटना: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने सरकारको कदमलाई साथ नदिए देश ठूलो राजनीतिक दुर्घटनाको शिकार हुने बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको शनिबार चितवनमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशमा फेरि सामन्तीतन्त्र ल्याउने कोसिस भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरे ।
हिजो जसरी युद्ध र आन्दोलनमा तपाइँहरुले मद्दत गर्नुभयो र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो- प्रधानमन्त्री दाहालले भने- अहिले पनि तपाइँहरुले त्यसरी नै मद्दत गर्नुभएन भने दुर्घटनाको खतरा छ । ठूलो राजनीतिक दुर्घटनाको खतरा छ ।
उनले आदिवासी जनजातिको योगदान र सहभागिताबिना चुनाव गर्न सम्भव नभएको भन्दै उनीहरुका माग पूरा गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले धर्मनिपेक्षता, संघीयता र गणतन्त्र उपलब्धि भएकाले यसलाई सबै मिलेर संरक्षण गर्न आह्वान पनि गरे । इमेजखबरमा समाचार छ ।