संविधान संशोधनको विरोधमा शनिबार पनि पाँच नम्बर प्रदेशका विभिन्न जिल्लामा गरिएको बन्दले स्थानीय जनजीवन प्रभावित भएका छन् ।
सरकारले यसअघि पाँच नम्बर प्रदेशमा रहेका जिल्लालाई हेरफेर गर्न लागेको भन्दै ती जिल्लाहरुमा स्थानीय राजनीतिक दलहरुले लगातार बन्द, हड्ताल, चक्काजाम जस्ता कार्यक्रम गर्दै आएका छन् ।
संशोधन प्रस्तावविरुद्धको आमहड्तालले रुपन्देही ठप्प छ । जिल्लाका बुटवल, भैरहवा, मणिग्राम, देवदह, मुर्गीया बजार खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी साधन चलेका छैनन् । अवरोधका कारण भित्री तथा हुलाकी मार्गमा पनि सवारीका साधन चलेका छैनन् । आन्दोलनको केन्द्रविन्दु बुटवलका चोकचोकमा विभिन्न दलमा आबद्ध प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले प्रद्धर्शन गरेका छन् ।
यस्तै, तेस्रो दिनको आमहड्तालले प्यूठानको जनजीवन पनि प्रभावित भएको छ । भालुबाङ