सीमा विवाद समाधान गर्न नेपाल-भारतका अधिकारीहरुको बैठकद्वारा विभिन्न तीनबुँदे निर्णय

सीमा विवाद समाधान गर्न नेपाल-भारतका अधिकारीहरुको शनिबार वीरगन्जमा बसेको बैठकले विभिन्न तीनबुँदे निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको दुबै देशका अधिकारीहरुको बैठकले यही पुस ५ गतेदेखि बारा, पर्सा र चितवनमा रहेका सीमास्तम्भको निरीक्षण गर्ने, सीमा क्षेत्रमा रहेका दुबैतर्फका अतिक्रमित क्षेत्रको पहिचान गरी सुचीकृत गर्ने र अर्को बैठक सन् २०१७ को मे महिनामा बस्ने निर्णय गरेको बताइएको छ । इमेजखबरमा समाचार छ ।