उपल्लो मुस्ताङमा एक्कासी आएको भीषण बाढीले ८ वटा पुल बगायो, सडक अवरूद्ध

उपल्लो मुस्ताङको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ। आज बिहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रमा रहेका ८ वटा काठका पुल बगाएको छ। 
यस्तै ठूला ठुला ढुंगा खसेर बाटो अवरूद्ध भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए।
अहिले सम्म कुनै मानवीय र पुल बाहके भौतिक क्षति नभएको पोखरेलले बताए। घटना स्थलमा प्रहरी हिँडीसकेको छ। प्रहरीको टोली त्यहाँ पुगेपछि मात्रै घटनाको विस्तृत विवरण थाहा हुने पोखरेलले बताए। सेतोपाटीमा समाचार छ ।