तिवारी हत्याले बुटवल असान्त ! लुम्बिनी अञ्चलका सबै जिल्लाहरुमा अनिश्चितकालीन बन्द
पौष ४ गते, २०७३ मा प्रकाशित
युवा संघ रुपन्देहीको अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएपछि बुटवल क्षेत्र तनावग्रस्त बनेको छ।
युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ ।
साथै युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको छ । तर, प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुन पाएन ।
अहिले बुटवल असान्त बनेको छ । युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण सडकमा सयौं गाडिहरु लामबद्ध भएका छन् ।
शंकरनगरमा पनि सडक अबरुद्ध पारेर टायर बालिएको छ । यस्तै लुम्बिनी अञ्चलका सबै जिल्लाहरुमा अनिश्चितकालीन बन्द आव्हान गरिएको छ ।
तिवारीलाई नवलपरासीको सीमानामा पर्ने खैरेनीमा गोली प्रहार गरिएको हो। रातो पल्सर मोटरसाईकलमा आएका दुई जना व्यक्तिले कोलिय सहकारी जाने बाटोमा गोली प्रहार हुन्। गोली लागेर घाईते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा गोली लागेको छ ।