ईमिलियामा आन्दोलनकारीबाट पत्रकारमाथी भएको दुर्व्यवहार प्रति नेपाल प्रेस यूनियन कपिलवस्तुको गम्भीर ध्यानआकर्षण

सुर्य भुसाल 
कपिलवस्तु । नेपाल प्रेस यूनियनका जिल्ला कार्य समिति सदस्य तथा बुटवल टुडे दैनिकका संवाददाता अशोक पौडेल उपर आन्दोलनकारीबाट भएको दुर्व्यवहार प्रति नेपाल प्रेस यूनियन कपिलवस्तुले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । 
जिल्ला कार्य समिति सदस्य पौडेल माथि पुर्व पश्चिम राजमार्गको ईमिलिया बजारमा नेकपा एमालेका कार्यकर्ताहरुबाट आफु माथि दुर्वव्यहार भएको भन्दै यूनियनको जिल्ला समितिमा निवदेन पेश गरे पछि सो सम्वन्धमा आफुहरुको गम्भीर ध्यानआकर्षण भएको यूनियनका जिल्ला सभापति गोपाल भण्डारीले जनाएका छन् । 
सभापति भण्डारीद्धारा जारी प्रेस विज्ञप्तिमा प्रेस स्वतन्त्रता प्रति जिम्मेवार भै संचारकर्मीहरुलाई सम्मानपूर्ण व्यवहार गर्न आग्रह गरेका छन् । संचारकर्मी र संचार जगत प्रति हुने यस्ता दुर्वव्यवहारहरु आगामी दिनमा नदोहर्याउन र आफ्ना पार्टी कार्यकर्ताहरुलाई संयमित भै शान्तिपूर्वक आन्दोलनमा उत्रिन प्रशिक्षित गर्न समेत नेकपा एमालेलाइ विज्ञप्तिमा आग्रह गरिएको छ ।
यसै विच घटनाको भत्र्सना गर्दै नेपाल प्रेस यूनियन केन्द्रिय समितिले पनि प्रेस विज्ञप्ति जारी गरेको छ । यूनियनका केन्द्रिय महासचिव अजय बाबु सिवाकोटी द्धारा जारी प्रेस विज्ञप्तिमा संचारकर्मी उपर हुने कुनै पनि किसिमको दुव्र्यवहार र आक्रमणको कडा निन्दा गर्दै आगामी दिनमा यस्तो घटना नदोह्याउन आग्रह गरिएको नेपाल प्रेस यूनियनका जिल्ला सचिव मणि प्रसाद गैरेले बताएका छन् ।