पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा ५ नम्बर प्रदेशमा प्रदर्शन कायमै

सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा बुधबार पनि विभिन्न जिल्लामा प्रदर्शन कायमै छ ।
गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठानलगायतका जिल्लामा बुधबार पनि प्रदर्शनहरु भइरहेका छन् । यि जिल्लामा बन्द आह्वान नगरिए पनि दिनहुँको प्रदर्शनले जनजीवन प्रभावित बन्दै गएको छ ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शनले सरकारी कामकाजसमेत प्रभावित बनेको छ ।
संसद्मा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जनाएको छ । इमेजखबरमा समाचार छ ।