नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक काठमाडौमा सम्पन्न

सुर्य भुसाल 
काठमाडौं ।  नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक काठमाडौमा हिजो सम्पन्न भएको छ ।
कार्यबाहक अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघले गरेको एकपक्षिय कार्यको बिरोध गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ सबैको साझा संस्था भएको भएपनि अहिले सदस्यता नबिकरण तथा बितरण एकलौटी ढगले गरेको भन्दै युनियनले त्यसको बिरोध गरेको युनियनका महासचिब अजयबाबु सिबाकोटीले जानकारी दिनु भयो ।
साथै कुनै पनि बिबाद नभएका जिल्लाहरुमा समेत सदस्यता बितरण गर्दा महासंघका केहि ब्यक्तिहरुले बिबादित बनाएको र मुद्दा हाल्न लगाई बिबाद सुरु गरेको भन्दै युनियले त्यसको विरोध गरेको हो ।
बैठकले पत्रकार महासंघको अधिबेशनलाई मध्यनजर गर्दै देशभर तथा ७५ जिल्लामा  प्रेस युनियनका नेताहरुलाई केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
केन्द्रीय प्रतिनिधिहरुले सबै जिल्लामा पुगेर त्यहाको सागठानिक अबस्था प्रेस युनियनले गरिरहेका गतिबिधि लगायतका बारेमा जानकारी लिने तथा अन्तरक्रिया कार्यक्रम गर्ने समेत युनियनले निर्णय गरेको महासचिब सिबाकोटिले जानकारी गराउनु भयो ।