सर्वोच्चद्वारा विद्युत प्राधिकरणका सञ्चालकहरुलाई हटाउने निर्णयलाई रोक

नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुलाई हटाउने उर्जामन्त्री जनार्दन शर्माको निर्णयलाई सर्वोच्च अदालतले रोकेको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमासिंह राउतले बुधबार उनीहरुलाई किन हटाइएको सोको कारण देखाउन उर्जा मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गर्दै उनीहरुलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश पनि दिएको छ। 
उर्जामन्त्री शर्माले प्रधिकरणका महाप्रबन्धकमा कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालकत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई पुस ३ गते बर्खास्त गरेका थिए। 
हटाएकै दिनमा  मन्त्री शर्माले तीन जनालाई प्राधिकरण सञ्चालक समितिमा नियुक्त गरेका थिए । 
हटाइएका तीन सञ्चालकले पुस १२ गते आफ्नो बर्खास्ती विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । कान्तिपुरमा समाचार छ ।