अर्घाखाँचीका दुई वटा पत्रिका प्रेस काउन्सिलको वर्गीकरण सूचीमा

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको इतिहासमा पहिलो पटक दुई वटा पत्रिका प्रेस काउन्सिलको वर्गीकरणमा पर्न सफल भएका छन् । मन्त्री परिषद्को वैठकले वर्गीकरणको नतिजालाई स्वीकृत गरेपछि काउन्सिलले आज साझ नतिजा सार्वजनिक गरेको हो । जिल्लाबाट प्रकाशित हुँदै आएका जनप्रतिज्ञा साप्ताहिक र अर्घाखाँची टाइम्स  साप्ताहिक वर्गीकरणमा परेका हुन । 
हाल सम्म कुनै पनि पत्रिका वर्गीकरणमा नपरेकोमा एकै पटक दुइ ओटा पत्रिका वर्गीकरणमा परेपछि जिल्लाको पत्रकारीता क्षेत्रको विकासमा थप टेवा पुगेको छ । अर्घाखाँची टाइम्स नविन केसी र जनप्रतिज्ञा साप्ताहिक अर्जुन भुसालले प्रकाशित गर्दै आएका छन् ।  पत्रकार द्वय भुसाल र केसीले  पत्रिका वर्गीकरणमा पर्न सफल हुनु जिल्लाको पत्रकारीता क्षेत्रको सुखद खवर भएको टिप्पणी गरेका छन् । 
 पत्रकार महासंघका  सभापति शोभाखर पन्थी, प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल, प्रेस चौतारीका अध्यक्ष हिमबहादुर जिसी लेकाली, प्रेस सेन्टरका अध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार  संघका अध्यक्ष विनोद गैरेले पत्रिका वर्गीकरणमा पार्न सफल भएकोमा दुबै पत्रिकालाई बधाइ दिएका छन् । 

अन्य समाचारहरु