दुर्गा
तिवारी
सहिद तिम्रो बलिदान ले यिन्लाइ दुखेन
हामिलाइ दुख्यो
सहिद तिम्रा आँसु ले यिन्लाइ पोलेन
हामिलाइ पोल्यो
सहिद उठेको बिहानी ले सोध्यो?
खै मेरा सपनाहरु
थाकेको साँझ ले सोध्यो ?
खै मेरा बलिदानहरु
तर कस्ले सुन्ने रुहि कोचेर बसेका
कानहरु छन यहाँ
आखा चिम्लेर बसेका अनि
मास्तिस्क सडेकाहरु को जमात मा
तिम्रा सपना अनि हामी
यसरी छ्ट्पटाइ रहेका छौ
तिम्रो सपना र बलिदान सङै
अनन्त तिम्रो बलिदान कहाँ गयो
निरिह हामिहरु लाई साँढे जस्तो
जुधायर
तिमी अनि निरीहहरु को रगत मा होलि
खेली
आनन्त खुसिमा रमाउदै
हिया र सरम बेचेर छि !!
कसरी टेक्न र उभिन सकेको यो धर्ती मा
सहिद तिम्रो बलिदान ले हाम्रो धर्ती
सिच्न खोज्यौ
तर यिन्का मस्तिष्क मा खडेरी पर्यो
हेर सहिद बाझै पो छ हाम्रो देश
अनि यिन्का धङ धङी ले आहात भै
छट्पटाइ रहेछ हाम्रो देश
इतिहास आँखा खोलेर हेर
एक पल्ट
तिम्रो चिहान मा रमिता गरिरेहेछन
तिम्रा सपनाहरु लाई भुलेर अनि
घिन को खोल ओडेर फेरि एक पल्ट
ईतिहासलाई भाग बन्डा गर्न
धङ धङी गरिरेछन
सहिद म अनि हामी निरीह बनी हेरिरेका
छौ।।।



