नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई एक अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले गत साता मुद्दाको पुनरावलोकन गर्दै उनलाई सजाय सुनाउने यसअघिको योलो काउन्टी सुपेरियर अदालतको फैसला सदर गरेको न्युयोर्कबाट प्रकाशित हुने खसोखास अनलाइनले उल्लेख गरेको छ । न्यायधीहरु भेन्स राय, लुइस मौरो र ह्यारी हलको इजलासले अजयलाई पुन दोषी ठहर गर्दै पुरानै फैसला सदर गरेको हो।
सन् २००९ मा भएको सो फैसलाअनुसार अजयले बालिकलाई करिब ५ वर्षको अवधिमा ७ सय पटक बलात्कार गरेका थिए।
किशोर अवस्थामै अमेरिका पुगेका नेपाली अजय तथा उनकी श्रीमतीले नेपालबाट सन् १९९९ मा ती बालिकालाई नेपालबाट धर्मपुत्री बनाएर अमेरिका लगेका थिए। अमेरिका पुर्याएको केही दिनपछि नै उनीमाथि अजयले दुर्व्यवहार गर्न थालेको उनले अदालती बयानमा उल्लेख गरेकी छिन्।
नागरिक न्युजबाट