देशमा ठूलो द्वन्द निम्तिने उपेन्द्र यादवको चेतावनी

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन गराउन खोजिए देशमा ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् ।
शनिबार सप्तरीमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर देशलाई निकास दिनुपर्ने बेलामा निर्वाचनको कुरा गर्नु अर्थहीन भएको बताए ।
उनले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने पनि स्पस्ट पारे ।


—-शिवहरि भट्टराई (इमेज)