विभिन्न ६ बुँदे माग राख्दै स्थानीय निकायका कर्मचारीद्वारा देशभरका निकायको सबै काम ठप्प

विभिन्न ६ बुँदे माग राख्दै स्थानीय निकायका कर्मचारीले आइतबार देशभरका स्थानीय निकायको सबै काम ठप्प पारेका छन् । नगरपालिका र जिल्ला विकास समितिका कर्मचारी आन्दोलनमा उत्रिएपछि ती कार्यालयको काम ठप्प भएको हो ।
मोरङ जिल्लाका पनि जिल्ला विकास समिति र उपमहानगरपालिकासहित सात वटा नगरपालिकाका कर्मचारी आन्दोलित बनेपछि कार्यालयको काम ठप्प भएको छ । विभिन्न माग राखेर कर्मचारी आन्दोलनमा उत्रिएपछि सेवाग्राही भने मर्कामा परेका हुन् ।
अब बन्ने स्थानीय तहका नयाँ संरचनामा स्थानीय ट्रेड युनियनको अगुवाईमा स्थानीय निकायमा कार्यरत सबै कर्मचारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्थानीय तहका संरचनामा कर्मचारीको व्यस्थापन र समायोजन गर्दा हाल स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिनुपर्ने, स्थानीय निर्वाचन अविलम्ब गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले काम काज ठप्प पारेका हुन् । इमेजखबरमा समाचार छ ।