दुई पार्टी एक भएपछि हुन लागेको पहिलो महाअधिवेशन आउन दुई दिन बाँकी रहँदा कमल थापालाई अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अरु तीन नेता सहमत भएका छन्।
बुधबार थापा निवासमा बैठक बसी अध्यक्षका दाबेदार रहेका लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले थापालाई अध्यक्षमा समर्थन गर्ने सहमति जनाएका हुन्। थापालाई अध्यक्ष बनाउने सहमति पत्रमा चन्द, राणा र लोहनीसँगै हस्ताक्षर गरेका छन्।
थापाको नेतृत्वमा सर्वसम्मत सहमति जुटाउन सुनिल थापासहितका दोस्रो तहका नेताहरु सक्रिय थिए । राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ । सेतोपाटीमा समाचार छ ।