स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव पाँच दिन पछि सरेको छ ।
चुनावको निर्वाचन कार्यक्रमबारे असन्तुष्ट विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीसमेत सहमतिमा आएपछि चुनाव फागुन १८ मा गर्ने सहमति भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए । असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउन भन्दै प्रमुख तीन दल र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्ने सहमति गरेका हुन् ।
विप्लव समर्थिन अखिल क्रान्तिकारीलाई आफूहरुले उठाएका बाँकी मुद्धा अर्को चुनावमा सम्बोधन गर्ने गरी चुनावमा सहभागी हुने प्रतिबद्धता जनाएको छ । शर्माका अनुसार नेविसंघ र अखिल क्रान्तिकारीले लगाएका ताला शुक्रबार नै खोलिनेछ ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णयविपरीत तिनै दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी बनाएको हो । कान्तिपुरमा समाचार छ ।