प्रधानमन्त्रीद्वारा चुनावका लागि एमाले र मोर्चासँग सहमति भइसकेको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी एमाले र मधेसी मोर्चासँग निर्वाचनका विषयमा सहमति भएकाले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
जिल्लाको दलदलेमा शुक्रबारबाट सुरु भएको प्रथम ऐतिहासिक देवचुली महोत्तसव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आगामी माघसम्ममा निर्वाचन नगरे अहिलेसम्मका प्राप्त उपलब्धि गुम्ने भन्दै निर्वाचन गर्न सरकार घनिभूत रुपमा लागिपरेको बताए । 
म जहाँ गए पनि जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको माग गरेका छन् त्यसका लागि निर्वाचनमार्फत स्थायी सरकार आवश्यक छ उनले भने । कान्तिपुरमा समाचार छ ।