पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताएका छन् ।
केही विपक्षी दलहरुले देशलाई टुक्र्याएर द्वन्द्व गर्न खोजेको आरोप लगाउँदै उनले नेपाली कांग्रेस त्यस्तो क्रियाकलापकाविरुद्धमा उत्रने चेतावनी दिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर-१ सिन्धुपाल्चोकले शनिबार खाडीचौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले सबै पार्टीसित सहमति गरी आगामी वर्षको माघभित्रमै तीनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए ।
भूकम्पपछि बन्द भएको तातोपानी नाका सन्चालनका लागि नेपाली कांग्रेस अग्रसर रहेको र कुनैपनि हालतमा नाका खुलाएरै छोड्ने देउवाले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा देउवाले आगामी चुनावमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गर्ने दाबी गरे ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हिमालदेखि तराईसम्मका नेपाली एक-अर्काको दुष्मन हुन नसक्ने र भौगोलिक हिसाबले तीनै ठाउँका जनतालाई एकै किसिमले हेर्नुपर्ने बताए ।
उनले नेपाल र मित्रराष्ट्र चीनबीच सीमा जोडिएको तातोपानी नाका हालसम्म नखुल्नाले देशले अर्बौंको राजस्व घाटा व्यहोर्नुपरेको बताए ।
आर्थिक विकासका लागि तातोपानी नाका खोल्न जरुरी रहेको बताउँदै मन्त्री लेखकले सिन्धुपाल्चोक जिल्लाका सडकका परियोजना प्रतिवेदन (डीपीआर) आफ्नो मन्त्रालयअन्तर्गत् पर्ने भएकाले जिल्लाभरि नै करोडौं करोड रकम यही आर्थिक वर्षभित्र पठाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर