सरकारले रिक्त रहेको विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा १४ जना राजदूतहरुको नाम सिफारिस गरेको हो।
को-को भए राजदूत ?
अर्जुनजंगबहादुर सिंह- दक्षिण कोरिया, (नेपाली कांग्रेस)
भीम उदास -म्यानमार (नेपाली कांग्रेस)
चोपलाल भुसाल – बंगलादेश, (नेपाली कांग्रेस)
विश्वम्भर प्याकुरेल – श्रीलंका, (नेपाली कांग्रेस)
रमेशप्रसाद कोइराला – कतार (नेपाली कांग्रेस)
आशा लामा – यूएई (नेपाली कांग्रेस)
युवनाथ लम्साल- डेनमार्क (माओवादी)
लक्की शेर्पा-अष्ट्रेलिया (माओवादी)
महेन्द्रवहादुर सिंह- साउदी अरब (माओवादी)
पदम सुन्दास – बहराइन (माओवादी)
प्रतिभा राणा – जापान, (राप्रपा)
भरत रायमाझी – स्पेन (प्रस्तावित) (राप्रपा)
निरन्जन थापा – इजरायलका (राप्रपा)
शर्मिला पराजुली – ओमान (फोरम लोकतान्त्रिक)
अहिलेसम्म दूतावास नभएको स्पेनका लागि आजको मन्त्रीपरिषदको बैठकले नेपाली दुताबास खोल्ने निर्णयसमेत गरेको हो। सेतोपाटीमा समाचार छ ।