मधेसी मोर्चाले स्थानीय निर्वाचन गर्ने घोषणाको विरोध गर्दै मंगलबार सप्तरीमा मसालजुलुस प्रदर्शन गरेको छ ।
सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजार क्षेत्रमा मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए ।
उनीहरुले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै निर्वाचन हुन नदिने बताए । इमेजखबरमा समाचार छ ।