संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको छ, खबरदारी गर्न निर्देश ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन नै अहिलेको मुख्य चुनौती भएको बताएका छन्  
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेकाले खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।
निर्वाचनसँगै संविधान कार्यान्वयन हुने भन्दै उनले निर्वाचनमा जुट्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष ओलीले सरकारमा भएका दलहरु निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाए ।
उनले संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नभएकाले सरकारले ल्याएको प्रस्तावलाई एमालेले असफल बनाएरै छाड्ने जिकिर पनि गरे ।