प्रधानमन्त्रीले भूकम्प पीडितहरुका लागि राहत वितरण कार्य द्रुत गतिमा अगाडि बढाउन सरोकारवालाहरुलाई सुझाव दिए

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितहरुका लागि राहत वितरण कार्य द्रुत गतिमा अगाडि बढाउन सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।
पुनर्निर्माण प्राधिकरणका अधिकारी र सरोकारवालाहरुको सहभागितामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले काममा ढिलाई नगर्न निर्देशन दिएका हुन् ।
सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्प पीडितहरुका लागि राहत वितरण कार्य ९० प्रतिशत सकिएको जानकारी दिदैं केही भूकम्प पीडितका लागि घडेरी किन्न छुट्टै कार्यविधि तयार पार्नुपर्ने बताए ।
कार्यक्रममा शहरी विकासमन्त्री अर्जुन नरसिंह केसी, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, मुख्य सचिव सोमलाल सुवेदी लगायतको सहभागिता रहेको थियो । इमेजखबरमा समाचार छ ।