सुर्य भुसाल
बाँके । आज बाँकेका चारवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थि युनियनको नेतृत्वका लागि मतदान भएको छ । बाकेको फत्तेपुर स्थित जनसिद्धेश्वर बहुमुखि क्याम्पसमा एमाले निकट बिद्यार्थि संगठन र माओबादी निकट बिद्यार्थि संगठनको संयुक्त प्यानललाई हराउंदै कांग्रेस निकट बिद्यार्थि संगठन नेविसंघकी चित्रकला पुन अध्यक्षमा विजयी हुनु भएको छ ।
यस्तै ज्ञानोदय वहुमुखि पब्लिक क्याम्पस खजुरामा नेविसंघका हिमाल पंगालि अध्यक्षमा विजयि हुनु भएको छ । नेपालगंज नर्सिङ क्याम्पस नेपालगंजको स्ववियू सभापतिमा अनेरास्ववियूकी शर्मिला थापा ५८ मतले विजयी हुनुभएको छ । उहांकी निकटतम प्रतिद्धन्दी नेविसंघकी सुस्मीता आचार्यले ५५ भोट प्राप्त गर्नुभएको छ । सचिवमा अखिल क्रान्तिकारीकी मनिषा मल्ल ६३ भोटले विजयी हुनुभएको छ भने कोषाध्यक्षमा अनेरास्ववियूकि कविता श्रेष्ठ विजयी हुनुभएको छ । त्यस्तै सदस्यमा नेविसंघबाट संगिता न्यौपाने र आकृती पौडेल र अनेरास्ववियूकि पुनम थारु विजयी हुनु भएको छ ।
बांकेमा नेपालगंजको महेन्द्र वहुमुखि क्याम्पसमा मात्र निर्वाचन अनिश्चित बनेको छ । उता वर्दियामा चुरे बहुमुखि क्याम्पसमा नगेन्द्र हमाल नेृत्वको १ सय १७ मत प्राप्त गरेर नेविसंघको पुरै प्यानल विजयि भएको छ । २ सय २३ मध्ये १ सय ८८ मत खसेको थियो । भुरीगाउ स्थित मनुसा टिकासिंह थापा वहुमुखि क्याम्पसमा प्रगतिशिल प्यानलको जिवन रिजाल अध्यक्षमा जिजिय हुनु भएको छ । सचिवमा नेविसंघका गोपि तिमेल्सेना र कोषाध्यक्षमा प्रगतिशिलका बिमला शाहि विजयि हुनु हुनु भएको छ ।
राजापुर स्थित अमर सहिद क्याम्पसमा नेविसंघको पुरै प्यानल विजयि भइएको छ । सभापतिका उम्मेद्धार दिलिप रतगैया लगायतको नेविसंघको पुरै प्यानलले अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल तथा थरुहट विद्यार्थि संगठनलाई हराएको हो । वर्दियाको मैनापोखर स्थित शारदा बहुमुखि क्याम्पसमा नेविसंका विकास कोईराला सभापतिमा ५१ मत ल्याएर विजयि हुनु भएको छ । र गुलरिया स्थित ववई वहुमुखि क्याम्पस, जनसेवा वहुमुखि क्याम्पस वैदि र सदाशिव वहुमुखि क्याम्पस मगरागाडिमा आज हुने भनिएको स्ववियु निर्बाचन स्थगित भएको छ ।
बर्दिया बहुमुखि क्याम्पस लक्ष्मणामा १ सय ४९ मध्ये १ सय ३९ मत खसेको छ । अहिले सम्मको गणना अनुसार नेविसंघ अगाडि छ । बासगढि वहुमुखि क्याम्पसमा पनि नेविसंघको प्यानल विजयि भएको छ । सभापतिमा शंकर रानाभाटले ८१ मत ल्याएर बिजयि हुनु भएको हो ।