निर्वाचन आयोगले बुधबार (आज)देखि चुनावी आचारसंहिता लागू गरेको छ ।
स्थानीय तहको निर्वाचन आचारसंहिता जारी गरेको आयोगले यसलाई पालना गर्न सरकारलाई निर्देशन दिएको छ ।
१९ बुँदे स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको निर्वाचन आयोगले बुधबार उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर त्यसबारेमा जानकारी दिएको हो । आयोगले आचारसंहितालाई पूर्णरुपमा लागू गर्न निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी दिए । उनले निर्वाचनकाक्रममा अज्ञानता माफी नहुने पनि प्रस्ट पारे ।
स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताको सुरक्षाका लागि पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले निर्वाचनमा हेलिकोप्टर प्रयोगमा पूर्ण बन्देज लगाएको छ भने मन्त्रीहरुलाई कामका लागि जिल्ला सदरमुकामसम्ममात्र जान निर्देशन दिएको छ ।
आयोगले उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण, जुलुस