अर्घाखाँचीमा नयाँ शक्ति पार्टीद्वारा प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको लागि हस्ताक्षर संकलन सुरु

बिष्णु भुसाल 
सन्धिखर्क, अर्घाखाँची । नयाँ शक्ति पार्टी अर्घाखाँचीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै जनस्तरबाट हस्ताक्षर संकलन सुरु गरेको छ ।
बिहिवार एक कार्यक्रमकाबिच नयाँ शक्ति अर्घाखाँचीले हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको कार्यक्रमका संयोजक एवं नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य गोकर्ण थापाले जानकारी दिनुभयो ।
हस्ताक्षर संकलन कार्यक्रममा केन्द्रिय कार्यकारी सदस्य तथा ५.न प्रदेश सह- संयोजक यमुना भुसाल, केन्द्रीय परिषद् सदस्य टोपबहादुर बलाल, जिल्ला सचिबालय सदस्य टुकबहादुर चेवाली, महेन्द्र सुनार, दिनेश सुनार,मनिष सिह, पुस्करनाथ आचार्य,पुर्ण श्रेष्ठ, बिमला बि.क, सुरज बि.क लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै पहिलो दिनको कार्यक्रममा सन्धिखर्क स्थित शान्ति बगैंचामा रहेका जनसमुदायहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो । हस्ताक्षर संकलन कार्यक्रम जिल्लाव्यापी रुपमा जारी रहेको र आगामी २१ गतेसम्म जारी रहने कार्यक्रमका सूचना तथा सञ्चार बिभाग प्रमुख बिष्णु प्रसाद भुसालले बताउनुभयो ।
नयाँ शक्ति पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको माग गर्दै १० लाख भन्दा बढी हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाउने भएको छ । यहि फागुन २७ गते काठमाडौंमा देशव्यापी रुपमा संकलित हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य यमुना भुसालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु