मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार सिरहाको लहान नगरपालिकास्थित नेकपा एमालेको नगर पार्टी कार्यालय तोडफोड गरेका छन् ।
कार्यालयमा कोही नभएको मौका पारेर पुगेका मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
उनीहरुले पार्टी कार्यालयमा रहेका कागजातसमेत जलाएको एमाले सिरहाका सचिव योगेन्द्र सिंहले जानकारी दिए ।