गौतम बुद्ध विमानस्थल बनाउन चिनियाँ कम्पनी तात्यो

आर्थिक संकट परेपछि काम अघि बढाउन नसकेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार कम्पनीले काममा चासो दिएको छ ।
चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन् एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले अहिले काममा तिब्रता दिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए ।
शर्माका अनुसार ठेकेदार कम्पनीले एक हप्ता यतादेखि काममा तिब्रता दिएको छ । आर्थिक अभावका कारण मंसिर महिनादेखि काम राम्रोसँग अघि बढ्न सकेको थिएन ।
आयोजना प्रमुख शर्मा भन्छन्