उपत्यकासहित पहाडी जिल्लामा आइतबार उल्लापूर्वक होली पर्व मनाइएको छ ।
सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौंमा होलीको उल्लास हेर्नलायक थियो । एक अर्कामा अबीर दलेर सर्वसाधारणले होली मनाए ।
विभिन्न संघ संस्था तथा व्यवसायिक कम्पनीहरुलेसमेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरे । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ ।
होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा भएको होली विशेष कार्यक्रममा हजारौंको उपस्थिति थियो । विदेशी पर्यटसकेत होली रमाइरहेका देखिन्थे ।
कान्तिपुरबाट