रामेश्वर खनालद्वारा नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा

पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा गरेका छन्। 

उनले मंगलबार ट्विट गर्दै पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका हुन्। म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ-उनले लेखेका छन्।  
खनालले यसअिघ पनि आफू नयाँशक्तिको शुभेच्छुक रहेको तर पार्टीमा आबद्ध नरहेको बताउँदै आएका थिए। – सेतोपाटीमा समाचार छ ।