व्यवस्थापिका-संसदको बुधबारको बैठकले ‘गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
त्यसअघि विधेयकका सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद महेश आचार्यले संविधानले गरेको व्यवस्थानुसार गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण हुनुपर्नेमा जोड दिँदै नयाँ सोचका साथ स्थानीय तहलाई अधिकार दिनेगरी काम हुनुपर्ने बताए ।
नेकपा एमाले सांसद रेवतीरमण भण्डारीले स्थानीय तह पुनःसंरचना सम्बन्धमा नेपाल राजपत्रमा सूचना प्रकाशन हुनुअघि उक्त विधेयक सदनले पारित गर्नुपथ्र्यो भन्दै विधिको शासनलाई बेवास्ता नगर्न आग्रह गरे ।
एमालेकै सांसद कृष्णभक्त पोखरेलले सिमाना परिवर्तन गर्न सरकारले प्रस्तुत् गरेको उक्त विधेयकप्रति असहमति जनाउँदै त्यो परिमार्जन हुनुपर्ने माग गरे ।
कांग्रेसका सांसद रामहरि खतिवडाले भूगोलको आधारभूत ज्ञानबिना नै निर्धारण गरिएका वडाका सिमाना संशोधन गर्नुपर्ने र त्यो अधिकार पनि स्थानीय तहलाई नै दिनुपर्ने बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्थानीय निकायलाई स्थानीय तह भन्दैमा स्थानीय जनताले शिक्षा, स्वास्थ्य, रोजगारी नपाउने बताउँदै सरकारमा बसेकाबाट गलत ढंगले काम भएकाले प्रस्तुत् विधेयक फिर्ता हुनुपर्ने माग गरे ।
नेकपा मालेका शिवचन्द्र चौधरीले वडा विभाजनप्रति गम्भीर असहमति जनाउँदै साविक बमोजिममै राख्नुपर्ने बताए ।
सांसद श्याम श्रेष्ठ (काभ्रे)ले संघीयताको कुरा गर्ने अनि वडा विभाजनको काम केन्द्रीय संसदबाट गर्ने