स्थानीय तहलाई सात अर्ब ४४ करोड बजेट दिने निर्णय

सरकारले हालै सञ्चालनमा आएका देशभरका सात सय ४४ स्थानीय तहलाई सात अर्ब ४४ करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । 
अर्थमन्त्रालयले नवगठित गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि एक एक करोडका दरले सात अर्ब ४४ करोड रुपैयाँ बजेट दिने निर्णय बुधबार गरेको हो । 
स्थानीय तहको निर्वाचनका लागि रकमको अभाव हुन नदिनका लागि सबै स्थानीय तहलाई बजेट दिने निर्णय गरिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । 
सरकारले केही दिन सरकारले गाविस विघठन गरी स्थानीय तहम गाउँपालिकासहित ७ सय ४४ वटा स्थानीय तहको गठन गरेको थियो । 
भर्खरै गठन भएका स्थानीय तहलाई अर्थ मन्त्रालयले प्रतितह १ करोड रुपैयाँका दरले ७ अर्ब ४४ करोड रुपैयाँ बजेट दिने निर्णय गरेको हो ।