स्वरूप आचार्य
तीन वर्षको उमेरमा बुवाको बुइँ चढेर भारतको पन्जाब राज्यस्थित पटियाल सहर पुगेका एक बालकको निधारमा भाग्यले पुन: नेपाल नै फर्किने कुरा सायद पहिल्यै लेखिदिएको थियो । त्यही लेखनीले धेरै हन्डर र ठक्कर खुवाएर उनलाई नेपाल लिएर आयो ।
जाँदा बुइँ चढेर गएको बच्चो लभगभ १३ , १४ वर्षपछि आफ्नो गन्तव्य खोज्दै सीमाभित्र प्रवेश गर्यो । नेपाली भूमिमा पाइला राख्दा ती किशोरले सायदै सोचेका थिए इतिहास लेखिँदै छ । समाज र परिवारको बन्धनबाट स्वतन्त्र उड्ने अवसर पाउँदाको स्वर्णिम गाथा बनेको त्यो एउटा नाम हो सोमपाल कामी ।
उनलाई उनको जन्मदिवसको दिन गौशालास्थित एक होटलमा भेट्दा उनी निकै प्रसन्न र उत्साहित थिए । टिम नेपालले उनको जन्म दिनका लागि के योजना बनाएको छ भन्ने कौतूहलका कारण थियो त्यो उत्साह । केही औपचारिकतापछि उनी भारतीय लवज मिश्रित नेपालीमा गफिन थाले । क्रिकेटलाई धर्मझैं ग्रहण गरेको भारतीय भूमिमा बिताएको शैशवकालका कारण उनीमा पनि यो खेल समाहित भएको अनुमान लगाउन धेरै समय लागेन । जब जब उनी बाल्यकालमा टेलिभिजनको पर्दामा सचिन तेन्दुल्करले प्रहार गरेको स्ट्रेट ड्राइभ को कुरा गर्थे उनको मुहारमा खुसी झल्किन्थ्यो ।
हरेक वर्ष क्रिकेटमा नयाँ नाम दिन सफल भारतमा कुनै एउटा नेपाली ठिटोको उदय उति सहज थिएन । तर, सोमपालले टीभीको पर्दामा हेरर बुनेको आफ्नो सपनालाई साकार बनाउन वास्तविक मैदानमा प्रवेश गरे । सुरुमा उनको स्कुल टिममा छनोट भयो । त्यो छनोटले उनको सपनाको उडानलाई अर्को उचाइमा लगिदियो । ल्यान्ड गर्ने धावनमार्ग पहिल्याउन भने उनलाई कठिन हुँदै गयो ।
विद्यालयस्तरका प्रतियोगितामा अलराउन्ड पर्फमेन्स देखाएकै कारण उनलाई प्रशिक्षक र स्कुल व्यवस्थापनले पनि माया गर्थे । तर बाबुको मासिक ८,१० हजार आम्दानीले उनको सपनालाई गति दिन भने मुस्किल थियो । उनले हरेस भने खाएनन् । कहिले कसरी, कहिले कसरी आफूलाई चाहिएको सामग्री जोहो गर्दै खेलमा विराम लगाएनन् ।
पन्जाब क्षेत्रबाट विद्यालयस्तरीय प्रतियोगिता खेल्न उनी भारतका विभिन्न सहर मुम्बई, जम्मु र चण्डीगढ पनि पुगे । इन्डिया ट्वान्टी २० फेडेरेसन प्रतियोगितामा उनले आर्मीको इन्डियन जवानबाट तीनपल्ट खेलिसकेका छन् । पछिल्लोपल्ट उनी त्यो टिमको कप्तान नै थिए । तीनै सिजन उनले आफ्नो टोलीबाट सर्वाधिक रन बनाएका थिए । आफ्नो प्रदर्शनका कारण विद्यालयस्तरमा सधैं चर्चामा रहे पनि राज्यस्तरमा भने चुनिएनन् । त्यसले उनको चित्त दुखाएको थियो । प्रदर्शनकै कारण किङ्स इलेभेन पन्जाबको टिमसँग केही समय प्रशिक्षण गर्न पाउनु उनका लागि निकै रोचक अनुभव थियो ।
पन्जाबमा रमाइरहेका सोमपाललाई फेसबुकमा भेटिएका अर्जुन अधिकारीसँगको चिनजानले नेपाल डोर्याएको हो । अर्जुनले नै उनलाई नेपालमा मौका मिल्न सक्छ भन्ने बताए । उनले यो कुरा आफ्नो प्रशिक्षक प्रमोद कुमारलाई बताए । प्रशिक्षक त्यसमा सहमति देखाएपछि उनले नेपाल आउने निर्णय गरे । प्रमोद सरले मेरो लागि धेरै गर्नुभएको छ, उनले भने, मेरो परिवारले मलाई किट किन्दिन सक्दैनथ्यो, त्यो बेला सरले नै मद्दत गर्नुभएको थियो । त्यसैले उनको सुझाव म सधैं मान्छु ।
नेपाल आउन त्यति सहज भएन । दिनरात मिहिनेत गरेर परिवार पालिरहेका मेरो बुवालाई धेरै ठूलो सपना देख्नु हुँदैन भन्ने थियो, उनी नेपाल प्रवेश गर्नुअघिको संघर्षलाई सम्झिन्छन्, मलाई भने आफ्नो हैसियतभन्दा माथिको सपना देखेर त्यसलाई पूरा गर्न लागे माथि पुगिन्छ भन्ने लाग्थ्यो । त्यसैले मैले आमालाई फकाएँ र एउटा झोला बोकेर नेपाल आएँ ।
अर्जुन अधिकारीसँग बुटवल हुँदै सोमपाल काठमाडौं आए र यहाँ नेपाल क्रिकेट फयान क्लबबाट प्रतियोगिता खेल्न थाले । अलराउन्डर भए पनि उनको मुख्य हतियार भनेको पेस बलिङ थियो । उक्त बेला मोहालीमा भएको टयालेन्ट हन्टमा उनले १३४.६ किलोमिटरको गतिमा बलिङ गरेका थिए जुन १४२ किलोमिटरसम्म पुगेको छ । फयान क्लबबाट खेलेको पहिलो खेलमै उनले अविजित ४६ रन बनाउनुका साथै २ विकेट लिएपछि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके उनको बलिङबाट प्रभावित भए । फयान क्लब सेमिफाइनल पुग्यो । तर सोमपाल भने बाँकी खेल खेलेनन् ।
नेपालको राष्ट्रिय टिमबाट खेल्न चाहिने पहिलो योग्यता नागरिकताको प्रमाणपत्र लिन उनी जन्मस्थान गुल्मी हानिए । पन्जाबको समथल भूमिबाट उडान भरेको सपनालाई कुनै गन्तव्यमा अवरतण गराउन उनले तय गरेको दूरी जति लामो थियो, त्यति नै लामो र रोचक रह्यो यात्रा भोगाइका कथाहरू ।
गुल्मीको तोराङ गाउँमा पुगेर नागरिकता बनाउन उनलाई कुनै कठिन भएन । जीवनकालमा कहिल्यै नभोगेको कुरा उनले त्यसै समय भोगे आफ्नो थरलाई लिएर । सरकारी कर्मचारीदेखि आफ्नो आफन्तसम्म सबै जना उनलाई थर परिवर्तन गर्न दबाब दिइरहेका थिए । उनलाई वास्तवमा आफ्नो थरको अर्थ थाहै थिएन । आफ्नो लक्की नम्बर दस भएकाले नाम थरको कुलअक्षर (अंग्रेजीमा) पनि दस नै भएको सोच उनको थियो । त्यसैले उनले कुनै पनि हालतमा आफ्नो थर परिवर्तन नगर्ने अड्डी कसे र नागरिकता बनाए । मलाई धेरैले कि विक कि विश्वकर्मा लेख भने, उनी त्यो द्विविधाको वर्णन गर्छन्, भारतमा हुँदा धेरैले थापा पनि भन्थे । त्यो नै लेख्ने पो हो कि भन्ने पनि नलागेको होइन । तर दस अक्षरको नाम थर हुँदा नै ठीक हुन्छ भन्ने मलाई मेरो मनले भन्यो । मैले त्यही गरें ।
नागरिकता बनाएर काठमाडौं आएसँगै उनी नेपालको यू १९ को सदस्य भइसकेका थिए । उनले नेपाली टोलीमा बलरको रूपमा प्रवेश पाए । जुन उनको चाहना त थिएन तर समयको मागको अगाडि उनी चुप नै रहे ।
नागरिकता बनाएर काठमाडौं आएसँगै उनले काठमाडौंकै टिमबाट यू १९ को छनोट प्रतियोगितामा सहभागी भए । प्रतियोगितामा उनको ब्याट र बल दुवै चल्यो । उनी खेलाडी, प्रशिक्षक तथा समर्थकमाझ हट केक