एमालेद्वारा सहिद गौतम परिवारलाई पाँच लाख र दुई छोरीलाई ल्यापटप सहयोग

           
नेकपा एमालेले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागी मारिएका गोविन्द गौतमको परिवार पाँच लाख रुपैयाँ सहयोग गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर एमाले अध्यक्ष तारा लामा तामाङमार्फत गौतम परिवारलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्।

 ओलीले गौतमकी दुई छोरीहरुलाई ल्यापटप पनि दिएको कञ्चनपुरमा रहेका एमाले प्रचारप्रसार विभागका सचिव बिष्णु रिजालले जानकारी दिए। ओलीले गौतमका छोराछोरीको शिक्षाका लागि राज्यले केही नगरे एमालेले पढाइदिने आश्वासन पनि दिएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको सीमावर्ति आनन्दबजारमा कल्भर्टको विषयमा विवाद हुँदा फागुन २६ गते एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो। सरकारले उनलाई सहिद घोषणा गरेको थियो। सेतोपाटीले लेखेको छ।