
केन्द्रीय बालकल्याण समितिले भारतको बिहार र दरभंगामा मजदुरी गर्दै आएका ३३ जना नेपाली बालबालिकाको उद्धार गरेको छ ।
समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्दार गरिएका बालबालिकालाई सार्वजनिक गरेको हो । बालमजदुरको रुपमा काम गर्दै आएका उनीहरुलाई भारतको सेवा संकल्प र निर्देश बालगृहको सहयोगमा उद्धार गरिएको हो ।
खुला सिमानाका कारण घरेलु कामदारमा लगाउन ललाईफकाई बालबालिका भारत पु-याइने गरेको बालकल्याण समितिले जनाएको छ ।
समितिले भारतका विभिन्न शहरमा नेपाली बालबालिका मजदुरको रुपमा काम गरिरहेको जानकारी पाएपछि अनुसन्धान गरेको थियो । उद्धार गरिएका बालबालिकामा रौतहट, काभ्रे, बाँके, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, कञ्चनपुर, बारा, सिरहा, सर्लाही, धनुषालगायतका जिल्लाका हुन् ।
उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बालकल्याण समितिले जनाएको छ । इमेजखबरमा समाचार छ ।