प्रधानमन्त्री पुष्पकमल दाहालले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने बताए ।
मंगलबार सिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ-आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।
प्रधानमन्त्री दाहालले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताए ।
उनले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताए ।
प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिए । इमेजखबरमा समाचार छ ।